दफा १२
कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार देहाय
बमोजिम हुनेछ ः–
(क) सभाको निर्णय तथा निर्देशन कार्यान्वयन गर्ने, गराउने,
(ख) प्रतिष्ठानको लागि आवश्यक पर्ने नियमको मस्यौदा तयार गरी स्वीकृतिको लागि सभामा
पेश गर्ने,
(ग) प्रतिष्ठानको नीति, योजना, वार्षिक कार्यक्रम, प्रगति विवरण, वार्षिक बजेट, लेखापरीक्षण
प्रतिवेदन तथा अन्य प्रस्तावहरू तयार गरी स्वीकृतिको लागि सभामा पेश गर्ने,
(घ) मातहतका निकायबाट सम्पन्न भएका काम कारबाहीको अनुगमन तथा मूल्याङ्कन गर्ने तथा
आवश्यकता अनुसार त्यस्ता निकायलाई निर्देशन दिने,
(ङ) सभाको नीति निर्देशनको अधीनमा रही प्रतिष्ठानको कोष तथा चल अचल सम्पत्तिको
सञ्चालन, रेखदेख र संरक्षण गर्ने, बेचबिखन गर्ने तथा ठेक्कापट्टामा दिने,
तर नेपाल सरकारबाट प्राप्त अचल सम्पत्ति बेचबिखन गर्दा नेपाल सरकारको
स्वीकृति लिनु पर्नेछ ।
(च) छनौट समितिको सिफारिसमा प्रतिष्ठानको लागि आवश्यक पर्ने शिक्षक तथा कर्मचारी
नियुक्ति तथा बढुवा गर्ने,
(छ) प्रतिष्ठानलाई प्राप्त विभिन्न किसिमका सहयोग ग्रहण गर्ने,
(ज) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने ।